दुई विकास बैंक र एक फाइनान्स कम्पनी गाभिएर कैलाश विकास बैकको नाममा सोमबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएर कैलाश विकास बैंक बनेको हो । पोखरामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले बैंकको एकिकृत कारोबारको सुभारम्भ गरे ।
मर्जर पश्चात बनेको नयाँ बैंकको चुक्तापुँजी एक अर्ब ५८ करोड, निक्षेप १४ अर्ब ३३ करोड, कर्जा लगानी १३ अब २१ करोड रुपैयाँ पुगेको छ । यसैगरि कम्पनीको शाखा सञ्जाल ३८, एटिएम १७, कर्मचारी ३ सय ४१, ९ हजार २ सय ९ जना शेयरधनी भएको छन् ।


