बैंकिङ खबर। नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । माइक्रोफाइनान्सले दोस्रो त्रैमास सम्ममा ४६ प्रतिशतले नाफा बढाएर ५ करोड ७२ लाख ४० हजार रुपैयाँ पु(याएको छ । गत वर्षको पहिलो छ महिनामा यस्तो नाफा ३ करोड ९१ लाख ९९ हजार रुपैयाँ थियो ।
निक्षेप तथा कर्जा
माइक्रोफाइनान्सले यो अवधिमा निक्षेप संकलन ९७ करोड ५१ लाख रुपैयाँ गरेको छ भने २ अर्ब ९१ करोड रुपैंया ४८ लाख रुपैंया कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सले २ अर्ब ७ करोड ४२ लाख रुपैंया सापटीमा चलाएको छ ।
आम्दानी तथा खर्च
छ महिनामा माइक्रोफाइनान्सले २३ करोड ६१ लाख ब्याज आम्दानी गरेको छ भने १२ करोड १८ लाख ब्यााज खर्च गरेको छ । त्यस्तै १६६ करोड ३७ लाख रुपैैयाँ कर्मचारी र अन्य प्रशासनिक तर्फ खर्च गरेको छ ।
अन्य सूचकहरु
नेशनलको पूँजी पर्याप्तता अनुपात १०.८९ प्रतिशत, खराव कर्जा अनुपात १.४८ प्रतिशत, पूँजीकोष ८.४६ प्रतिशत छ, प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ८७ पैसाँ र प्रति शेयर नेटवर्थ २ सय १८ रुपैयाँ ८१ पैसा रहेको छ ।