Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेप खोसाखोसः स्टान्डर्ड चार्टड र सेन्चुरी बैंकले गुमाए

२०७५ पुष ११ गते

बैंकिङ खबर । लगानीयोग्य रकमको अभाव हुँदा वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोस हुने गरेको छ। चाहे त्यो व्याजदरको प्रलोभलनमा होस् या त अन्य अफरहरु ल्याएर होस्। 

बचत खातामा अहिले अधिकतम साढे ६ प्रतिशतको व्याज छ। त्यसअघि ७ प्रतिशत थियो। ७ प्रतिशत व्याज हुँदा पनि स्टान्डर्ड चार्टडसहित धेरै बैंकले यो व्याजदर दिएका थिएनन्। स्टान्डर्ड चार्टडले निक्षेपकर्तालाई दिने गरेको न्यूनतम व्याजकै कारण सो बैंकमा पछिल्लो समय निक्षेप घट्दै गएको छ।

साउनको अन्तिमदेखि कात्तिक अन्तिमसम्मको विवरणअनुसार सो बैंकले ५ प्रतिशत निक्षेप गुमाएको छ। त्यस्तै सेन्चुरी कमर्सियल बैंकले सबैभन्दा धेरै निक्षेप गुमाएको छ। सो बैंकबाट ६. ६२ प्रतिशत निक्षेप घटेको छ। 

जवकि बैंकिङ प्रणालीमा यस अवधिमा ४. २९ प्रतिशतले निक्षेप बढेको छ। वणिज्य बैंकहरुमा साउनको अन्तिमसम्म २४ खर्ब ६१ अर्ब निक्षेप थियो भने कात्तिक अन्तिमसम्म आउँदा यो बढेर २५ खर्ब ६६ अर्ब पुगेको छ। 

केही बैंकले ६ प्रतिशतसम्म निक्षेप गुमाउँदा मेगा बैंकले भने १३ प्रतिशतसम्म बढाएको छ। साउन अन्तिमदेखि कात्तिक मसान्तसम्म सो बैंकले प्रतिशतका आधारमा सबैभन्दा धेरै निक्षेप थपेको हो। यद्यपी रकमका आधारमा भने एनआइसी एसिया बैंकमा सबैभन्दा धेरै निक्षेप थपिएको छ। मेगामा ८ अर्ब निक्षेप थपिँदा एनआइसीमा १५ अर्ब थपिएको छ। 

निक्षेप थप्नेमा माछापुच्छ्रे, सानिमा र सिद्धार्थ बैंक टप फाइभभित्र परेका छन्। 

हेर्नुहोस् कुन कुन बैंकले कति निक्षेप थपे, कसले गुमाए  ?  (रकम दश लाखमा देखाइएको छ)

Ad