Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

शक्तिकान्त दाश बने आरबीआईका २५औँ गभर्नर

२०७५ मंसिर २५ गते

बैंकिङ खबर । भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंकको गभर्नरमा शक्तिकान्त दाश नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आरबीआईका २५औँ गभर्नरका रुपमा दाशलाई नियुक्त गरेका हुन् । उर्जित पटेलले नौ महिना कार्यकाल बाँकी रहँदै व्यक्तिगत कारण देखाएर राजीनामा गरेपछि मोदी सरकारले दाशलाई ल्याएको हो । 

दाश सन् २०१५ देखि ०१७सम्म अर्थसचिव थिए। मोदी सरकारले सन् २०१६मा गरेको नोटवन्दीको योजना बनाउन दाशले महत्वपूर्ण भूमिका निभाएका थिए। उनी १५औं वित्त आयोगका सदस्य समेत हुन्।