बैंकिङ खबर । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले केन्द्रीय बैंकमाथि सरकारले हस्तक्षेप गर्न नहुने बताएको छ । कोषका प्रमुख अर्थशास्त्री मौरिस ओब्स्टफिल्डले सत्तालाई केन्द्रमा राखेर केन्द्रीय बैंकमाथि हस्तक्षेप गर्न नहुने बताएका छन् । रिजर्भ बैंक अफ इण्डिया र त्यहाँको सरकारबीच उत्पन्न विवादका विषयमा आफ्नो धारणा राख्दै उनले वित्तीय स्थायित्वका लागि केन्द्रीय बैंकले दिएका सुझाबहरुलाई सरकारले मनन गर्नुपर्ने बताए ।
वित्तीय स्थायित्व कायम गर्ने जिम्मेवारी केन्द्रीय बैंकलाई दिने कि कुनै अर्को स्वायत्त निकायलाई भन्ने बहस पूरानो रहेको उल्लेख गर्दै उनले वित्तीय स्थिरताका लागि केन्द्रीय बैंकले नै आवश्यक कदम उठाउनुपर्ने धारणा राखे ।
सरकारले केन्द्रीय बैंकसँग सुल्लाह सुझाब माग्न सक्ने र कतिपय विषयमा समन्वय गरेर अगाडि बढ्न सक्ने भन्दै उनले हस्तक्षेपकारी नीतिका कारण तत्काललाई फाइदा देखिए पनि दीर्घकालमा त्यसले अर्थतन्त्रमा समस्या सृजना गर्नेसमेत बताए ।



