Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपाल बीच सम्झौता

२०७५ मंसिर २१ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपाल बीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपालले सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको हो । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले हस्ताक्षर गरे ।

बैंकले हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत आफ्ना ग्राहक वर्गहरुलाई सेवा दिदै आइरहेको  छ । 
         
 

Ad