वित्तीय समस्या अध्ययन गर्न समिति गठन

December 6, 2018

सरकारले मुद्रा र पूँजी बजार व्यबस्थापनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको सक्रियतामा यस्तो समिति गठन गरिएको हो। हाल देखिएको सेयर बजारको समस्या, तरतलता अभाव र बैंकको व्यावजका विषयमा समितिले अध्ययन गर्ने छ । समितिले सात दिनभित्र अध्ययन गरेर समस्या समाधानका लागि सुझाबहरु पेश गर्ने छ । समितिको संयोजकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छन् भने धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, अर्थमन्त्रालयका वित्तीय ब्यवस्थापन सहसचिव, तथा शेयर लगानीकर्ता संघका प्रतिनिधिहरु सदस्य छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *