December 6th, 2018

निर्धन उत्थान लघुवित्तद्धारा स्याङ्गजामा व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर ११ गतेदेखि १३ गतेसम्म स्याङ्गजा जिल्लाको पुतलीबजारमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकहरु बिश्वनाथ गौतम, पुष्पा भुसाल, पुरुषोत्तम कोइराला, महेन्द्र बहादुर कुँवर, कमल राज ज्ञवाली रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरी रहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिदै आइरहेको छ । संस्थाबाट कर्जा खरिद गरी व्यवसाय राम्रो हुदै आएको र आर्थिक समुन्नततिर अगाडि बढेको र  बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका कार्यक्रम अधिकृत महेन्द्र बहादुर कुवरले जानकारी दिए ।

व्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताए ।। तालिमको संचालन पुतलीबजार शाखाका कमल राज ज्ञवालीले गरेका थिए ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]