निर्धन उत्थान लघुवित्तद्धारा दाङ जिल्लाको गढवामा उद्यमशीलता विकास तालिम सम्पन्न

December 6, 2018

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको हभागितामा  मंसिर ११ गतेदेखि १३ गतेसम्म दाङ जिल्लाको गढवामा “उद्यमशीलता विकास तालिम”सम्पन्न गरेको छ । तालिममा गढवा शाखाका २२ जना ग्राहक सदस्यहरुको उपस्थिती रहेको थियो । तालिम प्रशिक्षकहरुमा संस्थाको क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृतद्धय जिताराम गौतम र प्रेम प्रसाद सुवेदी रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै सहभागीहरुले संस्थाले ग्राहक सदस्यहरुलाई लक्षित गरी संचालन गरेको यस तालिम लघुवित्त क्षेत्रमा उदाहरणीय र अनुकरणीय रहेको साथै आफ्नो व्यवसायमा तालिमबाट सिकेका सीपहरुको पूर्ण सदुपयोग गर्ने प्रतिवद्धता जनाए । 

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले गरिब, विपन्न तथा महिला दिदी बहिनीहरुको हितमा संचालित यस उद्यमशीलता विकास तालिम निकै महत्वपूर्ण भएको भन्दै संस्थालाई आवश्यक पर्ने साथ, सहयोग, समर्थनमा आफ्नो प्रतिवद्धता रहेको बताइन् । 

संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहक वर्गहरुलाई सेवा दिदै आइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *