बैंकिङ खबर । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेड बिच सम्झौता भएको छ । दुर्घटना बीमा तथा औषधी उपचार बीमा सेवा सम्बन्धि सम्झौता भएको भएको हो ।
सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात बैकले आफ्ना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ ।