बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिचसंयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकले यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रिया समेत थालेको जनाएको छ ।
हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेकोछ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।