बैंकिङ खबर । ग्राहकको अनुरोधमा निर्यातकर्ता र आयातकर्ताले बैंकको माध्यमबाट पुर्व निर्धारित शर्तहरुको अधीनमा तयार गरिएका कागजात तथा विवरणहरुको आधारमा प्रतिबद्धता अनुसारको रकम भुक्तानी दिनका लागि कुनै प्रकारको बाधा नहोस भनेर जारी गरेको वैधानीक कागजात नै प्रतीतपत्र हो । यसै कागजातको आधारमा अन्तराष्ट्रिय व्यापार,व्यवसाय विस्तार गर्नमा ठुलो मद्दत मिल्छ । वास्तवमा विभिन्न सर्तहरु राखि व्यापारिक कारोबारको भुक्तानी व्यवस्थ ागर्नेका लागि एक बैंकले अर्को बैंकलाई दिएको लिखित आदेश नै प्रतीतपत्र हो ।
प्रतीतपत्र कारोबारमा विभिन्न पक्षहरु संलग्न रहेका हुन्छन् । किनभन, प्रतीतपत्र कारोबार राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारमा सहयोग गर्ने, विश्वासको वातावरण सिर्जना गराउने अत्यन्त महत्वपुर्ण वित्तीय आदेश भएकाले यसमा विभिन्न पक्षहरु संलग्न रहेका हुन्छन् । प्रतीतपत्र कारोबारको मुख्य उद्देश्य विक्रेताले सामान पठाएपछि उसलाई सरल र सहज ढङगले सो सामान बराबरको रकम भुक्तानी दिने प्रणली हो । यसमा खास गरेर खरिदकर्ता, विक्रेता र बैंक गरी तीन पक्षहरु संलग्न रहेका हुन्छन् ।
प्रस्तावक
बाहिरी मुलुकबाट सामान आयात गर्ने व्यक्ति जसले सो सामान प्राप्त गर्दछ त्यो व्यक्ति नै प्रस्तावक हो । त्यस व्यक्तिले सामानहरु आफ्नो आदेश तथा शर्त अनुसारका पाउने आशा राख्दछ । सो शर्तको पुर्ण रुपमा पालना गरी सामान सुपुर्दगी गरेपछि सो सामानको मुल्य बराबरको रकम निर्यातकर्तालाई भुक्तानी दिनका लागि बैंकका प्रस्ताव गर्दछ । यसरी प्रस्ताव राख्दा आफुले गरेबै आदेश तथा शर्त अनुसारका सामानहरु पुर्व निर्धारित मुल्यमा पठाउने प्रबन्ध हुन्छ । यसरी सामानको व्यवस्था मिलाएपछि सामान बराबरको रकम भुक्तानी दिनका लागि बैंकसँग प्रस्ताव राखिन्छ । यही प्रस्तावको आधारमा कारोबारलाई अगाडी बढाईन्छ ।
निष्काशन बैंक
प्रस्तावकासँग पुर्ण रुपले परिचित तथा प्रस्तावकको बैंकले प्रस्तावकै अनुरोधमा विभिन्न प्रक्रियाहरु पुरा गरी प्रतीतपत्र खोल्दछ । यसरी प्रतीतिपत्र खोल्नु पहिले आफ्नो ग्राहकले विक्रेतासँग राखेका शर्तहरु तथा आदेशको अवस्थाको विषयमा जानकारी हासिल गर्दछ । यस्ता कुराहरुमा बैंक विश्वस्त भएपछि बैंकले प्रतीतपत्र खोल्दछ । बैंकले प्रतीतपत्र कारोबार सम्पन्न गर्न अरु देशका बैंकहरु लयकतचय ब्अअयगलत खोलेको हुन्छ । यस कारोबारमा संलग्न हुने अन्य सम्पुर्ण पक्षहरु बैंकको निर्देशन तथा शर्त अनुसार कारोबारमा संलग्न हुन्छन् ।
सुचना दिने बैंक
प्रतीतपत्र खोल्ने बैंकले सो प्रतीतपत्र आफ्नो पत्रचार बैंक लाई पठाउँछ, त्यसपछि सो जानकारी उक्त बैंकले सम्बन्धित ग्राहक वा निर्यातकर्तालाई उपलब्ध गराउँछ , जसलाई सुचना दिने बैंक भनिन्छ । यस बैंकले सामान प्रठारी गर्ने व्यक्तिलाई निष्काशन बैंकले राखेको सम्पुर्ण शर्तहरुको भुक्तानी दिने प्रक्रियाको बारेमा समेत जानकारी उपलब्ध गराउँछ । यसैको आधारमा अन्तराष्ट्रिय कारोबारले आफ्नो स्थान लिन पाउँछ ।
लाभान्वित पक्ष
निर्यातकर्ता, सामान पठाउने पक्ष वा विक्रेता पनि भनिन्छ । प्राप्त आदेश अनुसार सामानहरु सम्बद्ध अधिकारीहरुको रोहवरमा तयार गरी सुपुर्दगी गर्दछन् । सामानहरु विभिवत रुपमा सुपुर्दगी गरेको आधारमा बैंकले आदेश अनुसारको रकम भुक्तानी दिन्छ ।
सम्झौता गर्ने बैंक
प्रतीतपत्र निष्काशन गर्ने बैंकको आदेश अनुसार कार्य सम्पादन गरेको निस्सा तथा प्रमाणहरु पेश गरेको आधारमा सो बैंकले लाभान्वित पक्षलाई भुक्तानी गर्दछ । भुक्तानी दिनु पुर्व बैंक अत्यन्त सम्वेदनशिल भई पेश भएका कागजातहरुको सही ढङगले जाच तथा परीक्षण गर्नुपर्छ । परीक्षण गरी उपयुक्त ठहर गरेपछि पेश भएका बिलहरु, प्रमाण तथा निस्साको आधारमा शर्तहरु पुरा भए नभएको चेक गरी सो को आधारमा रकमको भुक्तानी गर्दछ । निर्यातकर्ताले रकम भुक्तानीको लागि सम्झौता गर्र्न सक्छ । वास्तवमा निर्यातकर्ताले पेश गरेको कागजातलाई उपयुक्त ठहर्याएपछि बैंकले ग्राहकको दावि नियम सम्वत ठहर भएमा भुक्तानी दिन्छ । यस अवस्थामा आदेश र सुपुर्दगीको जाँच गरी उपयुक्त ठहर भएमा मात्र भुक्तानी प्रक्रिया अगाडी बढाईन्छ ।
फछ्र्यौट गर्ने बैंक
प्रतीतपत्र कारोबारको अन्त्यमा सो पत्रमा उल्लेख भएको रकम बराबरको भुक्तानी गरेपछि हुन्छ । यो कारोबारमा तोकिए बराबरको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहकको तर्फबाट दिएको आदेश अनुसार भुक्तानी दिई ग्राहकको खातामा मिलन गर्दछ । यस पछि बैंकहरुले एक आपसमा हरहिसाब गर्दछन् ।
भन्सार
सामान आदेशकर्ताको ठाउँ सिमानामा आइपुगेपछि कागजात तथा सामानको जाच पहिचान गरेर नियम अनुसार custome invoice तयार गरेर सरकारी दस्तुर तथा राजस्व सङकलन गरी दरपिठ गरिदिने काम भन्सार कार्यलयले गर्दछ । यसरी सामान आएपछि सिमानाका गोदाममा राखेर सो को भुक्तानी प्रक्रिया अगाडी बढाईन्छ । यसै आधारमा आदेशकर्ताको बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहकको तर्फबाट भुक्तानी पठाउने गर्दछ । यस अवस्थामा ग्राहकलाई कर्जाको जरुरत परेमा Trust receipt पनि दिने गरिन्छ ।




