Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डडेलधुरामा कृषि विकास बैंकको एटिएम सेवा सुरु

२०७५ मंसिर १० गते

बैंकिङ खबर । डडेलधुरा जिल्लाको डडेलधुरा बजारमा कृषि विकास बैंक लि.कोे एटिएम सेवा शुभारम्भ भएको छ । कृषि विकास बैंकका संचालक सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयूक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरे । 

कृषि विकास बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमु कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंक सबैभन्दा ठुलो र स्वस्थ वाणिज्य बैंकको रुपमा रहन सफल भएको बताए ।

Ad