Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

२०७५ मंसिर ६ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११, देवीनगरमा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले मंसिर ६ गते विहीबार आयोजित एक भव्य समारोहका बिच उक्त शाखाको समुद्घाटन गरे ।

मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । 

Ad