November 20th, 2018

कैलाश विकास बैंकले जनरल इन्स्योरेन्सको सेवा बेच्ने

बैंकिङ खबर । कैलाश विकास बैंक र जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैंक बीच मंगलबार आयोजित कार्यक्रममा सम्झौता सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्स कम्पनिका तर्फबाट महाप्रबन्धक एस्.के.तमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले  प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पुर्ण सेवा सुविधा बैंकका  सात वटै प्रदेशमा रहेका ७३ वटा  शाखा कार्यालय बाट सहज रुपमा लिन सकिने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]