बैंकिङ खबर । महालक्ष्मी विकास बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनि लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने र इन्स्योरेन्स कम्पनिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधानले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार माहालक्ष्मी बैंकका सम्पुर्ण ग्राहकहरुले आफ्नो सम्पत्ति तथा जीवन बीमा लुम्बिनी जनरल इन्स्योरेन्सबाट गर्न सक्नेछन् ।