Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डोटी जिल्लाको जोरायलमा कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक उदघाटन

२०७५ मंसिर ३ गते

बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेडले डोटी जिल्ला जोरायल गाउपालीकामो नयाँ शाखाको औपचारिक उदघाटन गरेको छ ।  कृषि विकास बैंकको संचालक समितिका सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उदघाटन गरे । कृषि विकास बैंकका क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिशचन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा बोल्दै जोरायल डोटीका प्रवन्धबक सिद्धराज पाण्डेले स्वागत मन्तव्य व्यक्त गरे । 

सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रतिनिधीहरु, सेवाग्राहीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा जोरायल गाउंपालिका अध्यक्ष, उपाध्यक्ष समेतले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवा तथा सुविधा लगायत बैंकको विभिन्न एचयमगअत को बारेमा जानकारी दिदैै स्थानीय जन प्रतिनिधी तथा जनताको सहयोग भएमा बैंकले निरन्तरता पाई भविष्यमा अझ बढी आधुनिक सेवा सुविधा उपलव्ध गराउन सक्ने कुरा बताए । 

कृषि विकास बैंकका संचालक सदस्य अवस्थीले कार्यक्रममा बोल्दै कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको भन्र्दैै बैंकलाई निरन्तर रुपमा उतकृष्ठ ढंगले संचालन गर्ने जिम्मा तपाई स्थानिय जनताको हातमा छ भनि मन्तव्य व्यक्त गरे । 

साथै बैंकका कायम मुकायम उप–महाप्रबन्धक प्रताप सुवेदीले देशका यूवाशक्ति, बृद्धि बुवा आमा र दिदी बहिनीहरुलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफ्ना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने कुरा प्रष्ट पारे । 


 

Ad