November 14th, 2018

सिन्धु विकास बैंकको मुनाफामा छलाङ, ८२७.८५ प्रतिशतले बृद्धि

बैंकिङ खबर । सिन्धु विकास बैंकले चालु आर्थिक प्रथम त्रैमासमा एक करोड एक लाख ६० हजार मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधिमा १० लाख ९५ हजार मात्र मुनाफा आर्जन गरेकोमा यो आर्थिक बर्षको पहिलो त्रैमासमा ८२७.८५ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकले अघिल्लो बर्षको तुलनामा निक्षेप र कर्जा लगानीमा क्रमशः १३.९९ र ८.४९ प्रतिशतले बृद्धि गरेको छ । कर्जा लगानीमा आक्रमक देखिएको बैंकले असोज मसान्तसम्ममा एक अर्ब ९३ करोड ९९ लाख चार हजार निक्षेप संकलन गरी एक अर्ब ४८ करोड २९ लाख २२ हजार कर्जा परिचालन गरेको छ ।

यो अवधिमा बैंकले दुई करोड ९६ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा एक करोड ७० लाख ४३ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिसेयर आम्दानी ८ रुपैयाँ १२ पैसा रहेको बैंकको खराब कर्जा १.३२ प्रतिशत रहेको छ भने आधार ब्याजदर ११.७२ प्रतिशत, सिसिडि रेसियो ६०.३४ प्रतिशत, स्पे्रट रेट ६.४४ प्रतिशत कस्ट अफ फण्ड ६.६१ प्रतिशत तथा जगेडा कोषमा आठ करोड नौ लाख ६० हजार रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]