Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

७ करोड बराबरको बोनस शेयर बाँड्दै मालिका विकास बैँक

२०७३ जेष्ठ १३ गते

malikaमालिका विकास बैँकले ७ करोड ६ लाख ८५ हजार रुपैँया बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । बैँकले हाल कायम रहेको चुक्ता पुँजीको २९.१४ प्रतिशत बोनस बाँड्न लागेको हो । बैँकको हालको चुक्ता पुँजी २४ करोड २५ लाख ५० हजार रुपैँया रहेको छ । 

बोनस शेयर वितरणसम्बन्धि प्रस्ताव बैँकको जेठ ३२ गते धनगढीमा हुने १६ औँ वार्षिक साधारणसभाले पारित गर्ने छ । सभामा कर प्रयोजनार्थ १.५४ प्रतिशत अर्थात् ३७ लाख २० हजार २ सय ६३ रुपैँया १६ पैसा नगद लाधांश वितरण गर्ने र संस्थापक शेयरधनी र सर्वसाधारण शेयरधनीको अनुपात ७०ः३० प्रतिशतलाई घटाएर ५१ः ४९ प्रतिशतमा कायम गर्ने समेतको प्रस्ताव रहेको छ ।