Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

२०७५ कार्तिक १२ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं १ मा  नयाँ शाखा स्थापना गरेको छ । म्याङलुङ नगरपालिकाका मेयरसंजय कुमार तुम्बा हाङ्गफेले कार्तिक ११गते भव्य समारोहका बिच उक्त शाखाको समुद्घाटन गरे ।

मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३९ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । 

Ad