October 26th, 2018

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

बैंकिङ खबर । एनआईसी एशिया बैंकले भोजपूरको षडानन्द नगरपालिका दिङ्गलामा नयाँ शाखा स्थापना गरेको छ । षडानन्द नगरपालिकाका मेयर विरबल राईले कातिक ९गते  शुक्रबार एक भव्य समारोहका बिच उक्त शाखाको उद्घाटन गरे ।

मुलुकभर २६४शाखाकार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]