October 25th, 2018

एनआईसी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

बैंकिङ खबर । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्ग शाखाको उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विहीबार (कात्तिक ८ गते) भव्य समारोहका बिच समुद्घाटन गरे ।

समुद्घाटन समारोहमा बोल्दै निरौलाले सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सब्यपुर्वक सहभागी भई स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे । 

समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले उपस्थित अतिथीहरुलाई धन्यवाद ज्ञापन गरे ।

मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको  आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]