October 22nd, 2018

बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन सम्बन्धी अन्तरराष्ट्रिय तालिम सुरु 

बैंकिङ खबर । ट्रस्टबिज प्राइभेट लिमिटेडले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन सम्बन्धी अन्तरराष्ट्रिय तालिम सुरु गरेको छ । बेल्जियन बैकिङ्ग एकेडमीको सहयोगमा बेल्जियमको राजधानी ब्रसेल्समा  कार्तिक ५  गतेदेखि सुरु भएको तालिम ९ गतेसम्म चल्नेछ ।

बैंकका उच्च अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र  नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको सम्बन्धी ज्ञान र शीप बेल्जियन बैंकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन ।  सहभागीहरुले बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकायहरु वित्तीय सेवा तथा बजार प्राधिकरण र बेल्जियमको केन्द्रीय बैंक नेसनल बैंक अफ बेल्जियमको अवलोकन तथा नियामक निकाय र बैंक तथा वित्तीयसँगको आपसी सम्बन्धको बारेमा जानकारी प्राप्त गर्ने छन् । 

बेल्जियन बैंकिङ्ग एकेडमीका भाइस प्रेसिडेन्ट  इभ्स म्याथुसले भू परिदृस्य अनुसार नियमन र बजार अनुसारको जोखिम व्यस्थापन गर्नुपर्ने बताए । 

बेल्जियन बैकिङ्ग एकेडमीका प्रमुख कार्यकारी अधिकृत फेडेरीक लर्नोक्सले यस तालिमलाई सहभागीहरुलाई आफ्नो कर्यक्षेत्रमा उपयोगी हुने ज्ञान र शीप उपलब्ध गराइने तथा  ट्रस्टबिज प्राइभेट लिमिटेडसँग मिलेर भविष्यमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालन र परामर्श सेवा लागि सहकार्य गर्नका तयार रहेको बताए ।  

ट्रस्टबिज प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले यस तालिमले परिपक्क तथा बिकसित युरोपियन बैंकिङ्गको ज्ञान नेपाली बैंंकहरुको पहुँच  पुर्याएको जानकारी दिए ।

तालिममा नेपालका बणिज्य बैंक र बिकास बैंकका उच्च अधिकृतहरु सहभागी छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]