October 21st, 2018

एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ खाता संचालनमा, २० प्रतिशतको विशेष छुट योजना 

बैंकिङ खबर । एनआईसी एशिया बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले झण्झटरहित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सक्नेछन् । यस योजना अनुसार ग्राहकले भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधामा २० प्रतिशतको विशेष छुट समेत पाउनेछन् ।  
देश विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले अनलाईन बैंक खाता योजना संचालनमा ल्याएको बैंकले जनाएको छ ।  
बैंकले मुलुकभर २ सय ६१ शाखा कार्यालयहरु, २ सय ५६ एटिएम तथा २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]