October 12th, 2018

हिमालयन बैंकद्धारा पाँच विद्यालयलाई कम्प्युटर सहयोग

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको छ । बैंकले श्री कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, श्री तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, श्री सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर)लाई १२ थान, श्री जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा श्री महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासित गर्न सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरेको छ । उक्त कम्प्युटरहरु एक समारोहको बिच बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक तथा बैंकका कर्मचारीले हस्तान्तरण गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]