October 2nd, 2018

माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट बीच सम्झौता

बैंकिङ खबर । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एन.बि.आई)बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौताअनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाटसम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]