October 2nd, 2018

नेपाल बैंकमा रक्तदान एवम् स्वास्थ्य परीक्षण कार्यक्रम 

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले संस्थागत उत्तरदायित्व वहनको सिलसिलामा विभिन्न समय अन्तरालमा रक्तदान, निशुल्क स्वास्थ्य परीक्षण, वृक्षारोपण लगायतका कार्यक्रम संचालन गर्दै आएको छ । यसै क्रममा बैंकको सहयोगमा लायन्स क्लव अफ काठमाडौँ बैंकर्सको आयोजना तथा अन्य क्लवहरुसँगको सहकार्यमा बैंकको प्रधान कार्यालय परिसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरिएको छ ।  

उक्त कार्यक्रमको नेपाल बैंक लिमिटेडका सहायक कार्यकारी अधिकृत समता पन्त र लायन्स क्लव अफ काठमाडौ सामाखुशीका राजन लम्सालले संयुक्त रुपमा शुभारम्भ गरे । लायन्स क्लव अफ काठमाडौ बैंकर्सको आयोजनामा लायन्स क्लव अफ काठमाडौ सामाखुशीे, लायन्स क्लव अफ काठमाडाँ ककनी, लायन्स क्लव अफ काठमाडौँ शताव्दी, लायन्स क्लव अफ काठमाडौँ विहानी, लियो क्लव अफ काठमाडौँ सामाखुशीको सहकार्य रहेको उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरे भने १५० जनाको निःशुल्क मधुमेह परीक्षण समेत गरियो ।

उक्त कार्यक्रमको संयोजन लायन्स क्लव अफ काठमाडौँ बैंकर्सका सुन्दर पन्थी र मुकुन्द शरण वाग्लेले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]