बैंकिङ खबर । सनराईज बैंकले आफ्नो ११ औँ बर्ष पुरा गरेको अवसरमा बिभिन्न कार्यक्रम संचालन गरेको छ । बैंकको सुन्दर बजार शाखाले वृहत वृक्षारोपन कार्यक्रम गरेको छ । सो कार्यक्रममा विभिन्न फलफूलको बिरुवा रोपिएको थियो ।
नेपाल राष्ट्र बैंकले नै सम्पूर्ण बैक तथा वित्तिय संस्थाका “एक कमचारी एक बिरुवा”को अवधारण समेत ल्याएको छ । सोहि कुराको कार्यान्वयनमा समेत सनराईज बैंकले सो कार्य गरेको हो । श्री आदर्श बाल माध्यामिक विद्यालयको प्राङ्गणमा सो कायक्रम सम्पन्न गरेको हो ।
सनराईज बैंकले नेपालको आर्थिक क्षेत्रमा मात्र नभर्इृ समाजको बिभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ । उक्त कार्यक्रममा बिद्यार्थी, अभिभावक तथा शिक्षक बर्गको उत्साह मुलक सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा श्री आदर्श बाल माध्यामिक विद्यालयलाई १० थान आधुनिक पङ्खा समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ । श्री आदर्श बाल माध्यामिक विद्यालयको तर्पmबाट बिद्यालय ब्यबस्थपन समितिका अध्यक्षलेसनराईज बैंकले गरेको कामको तारिफ गर्दै आगामी दिनमा बैकलाई जस्तोसुकै सहयोग गर्न आफूहरु तयार भएको बताए । सनराईज बैकको सुन्दर बजार शाखा प्रबन्धक प्रेम बहादु बुढालेसम्पुर्ण आधुनिक बैंकिङका साथ बिना झन्झट सुबिधा दिने जानकारी दिए ।