September 30th, 2018

सिर्जना फाईनान्सद्धारा कर्मचारी तालिम सम्पन्न

बैंकिङ खबर । सिर्जना फाइनान्सले आफ्ना कर्मचारीलाई नक्सा तथा जग्गाको अध्ययन, मापन, प्रमाणिकरण एवम् धितो मुल्याङ्कन सम्वन्धि तालिम दिएको छ । असोज १३ गते विराटनगरमा सम्पन्न भएको उक्त तालिममा संस्थाका विभिन्न शाखा कार्यालयका ५० जना कर्मचारी सहभागि रहेको संस्थाका मानव संसाधन विभाग प्रमुख राकेश कुमार शाहले जनाए । 

प्रयोगात्मक विधि समेत रहेको उक्त तालिमपछि सहभागिहरुमा नक्सा तथा जग्गा मापन गर्ने, प्रमाणिकरण गर्ने एवम् धितो मुल्याङ्कन गर्ने कार्यमा सहजता महसुस हुने तथा कर्जाको गुणस्तरमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]