September 25th, 2018

मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग 

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ  सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले केन्द्रका अध्यक्ष टेक राजशाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी उक्त सहयोग प्रदान गरेको  हो । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]