September 19th, 2018

दशौँ वर्षमा कञ्चन डेभलपमेन्ट बैंक, यसरी मनायो वार्षिकोत्सव

बैंकिङ खबर । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो स्थापनाकालको नवौं बर्ष पुरा गरि दशौं बर्षमा प्रवेश गरेको शुभ– उपलक्ष्यमा असौज ३ गते बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । निक्षेप संकलन कर्जा लगानी अन्य बैकिङ्ग क्रियाकलाप गरि रहेको कञ्चनले सामाजिक क्षेत्रमा पनि केही कार्य गर्नु पर्छ भन्ने भावनालाई आत्मसात गरि आप्mनो नवौ बार्षिकोत्सव मनाएको छ । 

आर्थिक सहयोग
बैंकले कञ्चनपुर बनगाँवस्थित महिला तथा बृद्धा सेवा केन्द्रमा रहेका वृद्धवृद्धाहरुलाई सहयोग स्वरुप रु ६० हजार बराबरको बन्दो बस्तीका सामानहरुमा डसना, सिरक, तन्ना तथा सिरानी सहयोग गरेको छ । त्यस्तै, रौटेला स्थित बैजनाथधाम तथा बृद्धाश्रम सेवा समिती मा रहेका बृद्घबृद्घाहरुलाई सहयोग स्वरुप रु ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ भने समाज कल्याण अञ्चल बाल अनाथालय कञ्चनपुर लाइ रु ३५ हजार नगद सहयोग गरेको छ । बैंकले बिभिन्न स्कुल तथा क्याम्पसमा अध्ययनरत ३९ जना जेहेन्दार बिद्यार्थीहरुलाई जनही तीन हजार रुपैयाँका दरले एक लाख १७ हजार रुपैया बराबरको छात्रबृति पनि प्रदान गरेको छ ।

उत्कृष्ट शाखा र कर्मचारी पुरस्कृत
यसबाहेक, बैंकले गत आर्थिक बर्षमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शाखा तथा कर्मचारीलाई पुरस्कार वितरण समेत गरेको छ । सबैभन्दा धरै अन्य आम्दानी कमाउने शाखामा महेन्द्रनगर, सबैभन्दा धरै निक्षेप बृद्धि गर्ने शाखामा दैजी र सबैभन्दा धरै कर्जा बृद्धि गर्ने शाखामा सुख्खडलाई उत्कृष्ट शाखामा पुरस्कृत गरिएको छ भने सबैभन्दा उत्कृष्ट पोर्टफोलियो व्यवस्थापन गर्ने शाखामा बेलडाडी शाखालाई र सबैभन्दा उत्कृष्ट शाखामा डडेलधुरा शाखालाई पुरस्कृत गरिएको छ । उत्कृष्ट कार्य गर्ने यस बैंकका कर्मचारी रमेश शर्मालाई पनि पुरस्कृत गरिएको छ ।  

प्रमूख कार्यकारी अधिकृत बिरुराम जोशीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष शिव सिंह कार्कीको प्रमुृख आतिथ्यता रहेको थियो भने सञ्चालकहरु हिक्मत शाह, बिष्णु सिह बिष्ट, भरत रोकाया र निरनजना पाण्डेय, बैंकका शेयरधनि, कर्मचारी, पत्रकार, र अन्य सर्व साधारणको समेत सहभागिता रहेको थियो । 

बैंकका प्रमूख कार्यकारी अधिकृत जैशीले मन्तव्यका क्रममा बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुले अन्य बैंकले दिई रहेको व्याजभन्दा आकर्षक व्याज पाउन भन्ने उद्देश्यले कञ्चन डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि लागु हुने गरि बचत खातामा ८ प्रतिशत र मुद्दति खातामा ११.५० प्रतिशत व्याज दरसम्म कायम गरेको जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]