September 3rd, 2018

मुक्तिनाथ विकास बैंकको शाखा काठमाण्डौंको जोरपाटीमा 

बैंकिङ खबर – आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ गोकर्णेश्वर(जोरपाटी) न.पा. वडा नं. ०५, मा आज आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले प्रविधि प्रयोग गरी घरमै वसी कारोवार गर्न सक्ने बनाउन शुभकामना दिए । साथै सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको बताए । उनले यस विकास बैंकले कृषि र विपन्नवर्गमा प्रदान गरेको लगानीको प्रशंसा पनि गरे ।

कार्यक्रममा बैंककी ब्रान्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली), वागमती अभियन्ता उत्तम पुडासैनी, वडा अध्यक्ष नारायण ब. सुवेदी, उपमेयर शान्ती नेपाल लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने ताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसँगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनिकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे ।  

उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र जोरपाटी लगायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर र भक्तपुरको कमलविनायक गरी १२ शाखाहरु संचालनमा आई सकेका छन्भने ठमेल, कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]