बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेड वीरगंज शाखाले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मानव सेवा आश्रम वीरगंजमा आश्रित व्यक्तिहरुलाई भोजन सेवा प्रदान गरेको छ । उक्त कार्यक्रममा गण्डकी विकास बैंक वीरगंज शाखाका कर्मचारी, मानव सेवा आश्रम परिवार लगायत वीरगंज महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष मनोज कुमार कलवार, पत्रकार महासंघ प्रदेश नं २ का सदस्य जगत राई लगायको उपस्थिति थियो ।
अतिथिको रुपमा मन्तव्य राख्दै पत्रकार महासंघ प्रदेश नं २ का सदस्य जगत राईले बैंकको प्रदेश २ मा बलियो उपस्थितिको लागि शुभकामना दिए । प्रमुखअतिथिको मन्तव्य राख्दै वीरगंज महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष मनोज कुमार कलवारले बैंक भएर पनि सामाजिक कार्यमा अग्रसर भएकोमा प्रसंशा गर्दै शाखाको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कार्यक्रममा बोल्दै गण्डकी विकास बैंक वीरगंज शाखा प्रवन्धक मुकेश अधिकारीले मानव सेवा आश्रमको पवित्र कार्यप्रति सराहना गर्दै आगामी दिनहरुमा पनि विगतमा जस्तै सामाजिक कार्यमा अग्रसर भई रहने बताए ।