August 30th, 2018

लक्ष्मी बैंकका कर्मचारीलाई एनबीआईले तालिम दिने

बैंकिङ खबर । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र लक्ष्मी बैंक लि. बीच तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार लक्ष्मी बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]