Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले प्रभु बैंकका कर्मचारीलाई तालिम दिने

२०७५ भाद्र १३ गते

बैंकिङ खबर । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र प्रभु बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार एन.बी.आईले प्रभु बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार प्रभु बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

Ad