fbpx

सहयोगी विकास बैंकले हिरो ब्राण्डको दुई चक्के सवारीमा लगानी गर्ने  

August 22, 2018

बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुई चक्के सवारी साधानमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग संझौता सम्पन्न गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिप नारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

शान्ति अटो इन्टरप्राइजेजले बर्दिवासमा हिरो ब्राण्डका मोटरसाइकल विक्री गर्दै आएको छ । यो सम्झौता अनुसार शान्ति अटो इन्टरप्राइजेजले विक्री गर्ने हिरो ब्राण्डका दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ । सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । 

ग्राहकहरुलाई फाइदा होस भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि संझौता गरिसकेको छ । विगत केही समयदेखि सहयोगी विकास बैंकले आफ्नो सेवाको दायरालाई फराकिलो पार्दै लगेको छ । यसै क्रममा बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।

निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिंदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । यसैगरी बैंकले आफ्नो भवन निर्माणका अन्तीम प्रकियामा पुगेको जनाएको छ । यसैगरी एटीएम सेवाको पनि अन्तीम चरणमा रहेको जानकारी गराए । 

जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले थप तीन शाखाको सफ्ट लन्च समेत गरिसकेको छ भने भदौ भित्र थप दुई शाखा सञ्चालनमा ल्याइसक्ने जानकारी दिएको छ । असोज सम्ममा १७ शाखा पु¥याउने योजनाका साथ बैंकले काम गरिरहेको छ । 

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३ करोड ८६ लाख निक्षेप संकलन गरी हालसम्म ३ अर्ब ११ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । 

हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको छ । यो तथ्यांकसँगै बैंक अव्वल दर्जामा रहन सफल भएको छ । अहिले बैंकको समग्र अवस्था बलियो रहेको बैंकले जानकारी दिएको छ । 

धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको बैंकले आफ्नो सेवालाई सर्लाही र सिराहा जिल्लामा विस्तारको तयारी गरिरहेको छ । यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । स्मयरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीयस्तरमा यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.