बैंकिङ खबर । गत आर्थिक वर्ष ०७४।७५ मा उत्कृष्ट प्रगती हासिल गर्ने कार्यालयहरुको प्रगतीका आधारमा छनौट भएका प्रबन्धकहरुको प्रमुख सहभागीताका साथ कृषि विकास बैंकले 'Interaction on Performance Evaluation' सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरेको छ । चितवनको सौराहामा आयोजित कार्यक्रममा ४८ वटा कार्यालयका प्रबन्धकहरुको सहभागी रहेको थियो ।
कार्यालयले उत्कृष्ट प्रगती हासिल गर्नुका मुख्य आधारहरुका बारेमा आफना अनुभवहरु प्रत्यक्ष रुपमा प्रकाश पार्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । यसबाट एक अर्को कार्यालयले राम्रा कुराहरुको अनुशरण गरी आगामी दिनमा बैंकले अझ बढी प्रगती हासिल गर्ने र व्यवस्थापनलाई पनि केन्द्रीय स्तरमा भावी रणनीति तयार गर्न प्रतिक्रिया प्राप्त हुने विश्वास बैंकले लिएको छ । कार्यक्रममा व्यवस्थापनले समग्र व्यवसाय संचालन गर्ने क्रममा आफुले प्राप्त गरेका अनुभवहरु पनि प्रत्यक्ष रुपमा प्रबन्धकहरु समक्ष प्रस्तुत गरिएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका का.मु.उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, अरुण कुमार ढुंगाना, प्रताप सुवेदी र चुडामणी तिम्सिेनाले कार्यक्रममा सहभावी प्रबन्धक लगायत सम्पुर्ण टिमलाई उत्कृष्ट प्रगतीका लागि धन्यवाद दिंदै बैंकको समग्र व्यवसाय संचालन, आगामी रणनीतिका सागै आगामी दिनमा बैंकले सामना गर्नुपर्ने चुनौतीहरुमा विषयमा आफ्नो भनाई राखेका थिए । बैंकले कुशल व्यवसाय अभिबृद्धिका लागि प्रबन्धक लगायत कार्यरत सम्पूर्ण कर्मचारहिरु विशेष चनाखो हुनुपर्ने उनीहरुको भनाई थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले कार्यक्रममा सहभागी प्रबन्धकहरुलाई नगद पुरस्कार, प्रशंसा पत्र वितरण गर्ने क्रममा निजहरुलाई धन्यवाद दिंदै बैंकले आगामी दिनमा लिनु पर्ने रणनीति लगायत फिल्ड स्थीत कार्यालयहरुले आर्थिक वर्षको सुरुबाट नै राम्रा कर्जाग्राहीको पहिचान गरी कर्जा कार्यविधि अनुसार कर्जा लगानी गर्ने, गैरकोषमा आधारीत व्यवसाय अभिवृद्धिका लागि विशेष जोड दिने, मुख्य स्रोतको रुपमा रहेको निक्षेप बृद्धिका लागि सानो भन्दा सानो र लो कष्टको निक्षेप संकलनलाई अभियानको रुपमा संचालन गर्न प्रत्येक कार्यालयहरुलाई निर्देशन दिनुका साथै बैंकले आ. व. ०७४।७५ मा प्राप्त गरेको प्रगतिका बारेमा प्रकाश पारे । साथै, कार्यक्रममा विविध कारणले छनौटमा नपरी सहभागी हुन नसकेका प्रबन्धक लगायत कर्मचारीहरुले गरेको योगदान पनि त्यतिकै महत्वपूर्ण रहेको र चालु आ.व.मा उत्कृष्ट प्रगति हांसिल गरी आगामी वर्ष हुने यसै प्रकृतिका कार्यक्रममा सहभागी हुने अवसरका लागि शुभकामना समेत व्यक्त गरे । आगामी दिनमा दिगो प्रगति हांसिल गर्नका लागि बैंकलाई प्रतिष्पर्धाबाट बलियो प्रतिष्पर्धि बनाई समग्र व्यवसायमा समृद्धि प्राप्त गरी मुलुककै उत्कृष्ट बैंक बनाउने सामुहीक लक्ष्यका साथ आगामी कार्यक्र महरु अगाडी बढाउने पनि उनले उल्लेख गरे ।
केन्द्रीय तालिम प्रतिष्ठान बोडेका का.मु.निर्देशक प्रमोद बाबु तिवारीद्धारा संचालित कार्यक्रममा लेखा तथा वित्त विभागका विभागीय प्रमुख यज्ञप्रकाश न्यौपान, क्षेत्रीय कार्यालयका निर्देशकहरु पप्पुबाबु श्रेष्ठ, चेत नाथ सापकोटा, ज्ञान प्रसाद अर्याल, बाबुकाजी थापा, मोहदत्त पौडेल, मिनराज पोखरेल, गणेश डि.सी., रामचन्द्र आचार्य, हरिश्चन्द्र यादव क्षेत्रीय तालिम केन्द्र विरेन्द्रनगरका तालिम प्रमुखसंजिव पौडेल, योजना विभागका शा.प्र.द्धय विना शर्मा, वेदव दाहाल, बैंकका प्रवक्ता हिमलाल पौडेल, प्रमुख कार्यकारी अधिकृत कार्यालयका शा.अ.श्री धर्मराज न्यौपानेको समेत सहभागीता रहेको थियो ।