Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापूच्छ्रे बैंकले कमायो एक अर्ब २९ करोड मुनाफा

२०७५ श्रावण २८ गते

बैंकिङ खबर । माछापुच्छ्रे्र बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा छ दशमलव ९५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा माछापूच्छ्रे बैंकले एक अर्ब ३९ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आार्जन गरेको थियो ।

आठ अर्ब पाँच करोड ५६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ७२ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७२ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ संकलन गरी कर्जामा ६५ अर्ब आठ करोड एक लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १२ दशमलव ३४ प्रतिशतले बढेर दुई अर्ब ७३ करोड सात लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा शुन्य दशमलव ६९ प्रतिशतले बढेर एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । 

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत, पुँजीकोष अनुपात १५ दशमलव ६० प्रतिशत, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ एक सय २७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव २६ प्रतिशत रहेको छ ।

Ad