August 8th, 2018

एकैसाथ गण्डकी विकास बैंकका चार नयाँ शाखा सञ्चालनमा, छिटै पाँच थपिँदै

बैंकिङ खबर । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोल रहेका छन् । 

यससँगै बैंकको  शाखा संख्या ७२ पुगेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै  एबिबिएस, एटिएम, ईसीसी/आईपिएस, सी आस्वा, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

बैंकले आ.व. २०७४/७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु.२० अर्ब ०६ करोड पुर्याएको छ । साथै  बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]