August 7th, 2018

महालक्ष्मी विकास बैँकको शाखा रुपन्देहीको सूर्यपूरामा

महालक्ष्मी विकास बैँक लि.ले मिति २०७५ श्रावण २१ गते (तद् अनुसार ६ अगस्ट २०१८) देखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ । बैंकले असार, २०७५ सम्म रु. २७ अर्ब २७ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]