Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकले कमायो एक अर्ब ८५ करोड मुनाफा

२०७५ श्रावण २१ गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सिद्धार्थले एक अर्ब ३८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब २७ करोड ३४ लाख ६४ हजार रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी २६ प्रतिशतले बढेर तीन अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । निक्षेप ३१ प्रतिशतले बढेर एक खर्ब एक अर्ब रुपैयाँ पुगेको बैंकको कर्जा लगानी ८६ करोड १३ लाख रुपैयाँ पुगेको छ । 

खराब कर्जा सामान्य सुधारसहित १.०५ प्रतिशतमा कायम भएको छ । बैंकको आधार व्याजदर बढेर ११.१६ प्रतिशत छ । १.२१ प्रतिशतले स्प्रेड दर बढाएर ४.५८ पुगेको छ । साथै प्रतिशेयर आम्दानी २१ रुपैयाँ छ ।  

Ad