August 5th, 2018

माछापुच्छ्रे बैंकद्धारा एम्बुलेन्स हस्तान्तरण 

माछापुच्छ्रे बैंक लिमिटेडकोसंस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जय मुकुन्द खनाल र राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राईर टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरे । उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]