August 5th, 2018

राष्ट्रिय स्तरका विकास बैंकहरु : कुनले कमायो कति नाफा ?

बैंकिङ खबर । राष्ट्रिय स्तरका ११ वटै विकास बैंकले आफ्नो गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । जसअनुसार, देवः विकास बैंकबाहेक सबैको खुद नाफा बढेको छ । सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकको रहेको छ भने सबैभन्दा कम नाफा देवः विकास बैंकको रहेको छ । हेरौँ, ११ वटै विकास बैंकको वित्तीय विवरण :

मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडले ५७ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो  आर्थिक वर्षको तुलनामा १८ दशमलव १८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा मुक्तिनाथले ४८ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ९४ करोड ७९ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ३० अर्ब ३५ करोड ४८ लाख रुपैयाँ संकलन गरी कर्जामा २५ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी २२ दशमलव ०१ प्रतिशतले वृद्धि गरी १ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २१ दशमलव ८४ प्रतिशतले वृद्धि गरी ८८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १३ करोड ८३ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ५८ लाख रुपैयाँ उठाएको छ । मुक्तिनाथ विकास बैंकको निष्कृय कर्जा शून्य दशमलव ००४४ प्रतिशत, पुँजी कोषको अनुपात १४ दशमलव २५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २२ दशमलव २० रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ०३ गुणा, प्रतिशेयर नेटवर्थ १३६ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७२ प्रतिशत रहेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा महालक्ष्मीले ४४ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई अर्ब ५३ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब ४३ करोड दुई लाख २५ हजार रुपैयाँ राखेको छ । बैंकको संचालन मुनाफा १० करोड सात लाख ४१ हजार रुपैयाँ र खुद व्याज आम्दानी एक अर्ब सात करोड ५३ लाख रुपैयाँ रहेको छ । बैंकले २७ अर्ब २७ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा ३.८८ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँमा झरेको छ । 

कैलाश विकास बैंक लिमिटेड
कैलाश विकास बैंक लिमिटेडको नाफा अघिल्लो वर्षको तुलनामा ५ करोड ७ लाख रुपैयाँले बढेको छ । यो बैंकले नाफा गत आवमा ५५ करोड ३२ लाख २१ हजार रुपैयाँ पुगेको छ । यस्तो नाफा अघिल्लो वर्ष ५० करोड २५ लाख रुपैयाँ रहेको थियो । यो बैंकको चुत्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । यसले गत आवसम्ममा २२ अर्ब अर्ब ८६ करोड २१ लाख निक्षेप संकलन गरेर २० अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी ८८ करोड २१ लाख रहेको छ । यो बैंकले खराब कर्जा अनुपात ०.३२ प्रतिशत छ । यसको सीडी रेसियो ७८.०८ प्रतिशत छ भने आधार दर १२.०८ प्रतिशत रहेको उल्लेख छ ।

गण्डकी विकास बैंक लिमिटेड
गण्डकी विकास बैंक लिमिटेडले असार मसान्तसम्ममा रू. ५० करोड १८ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा २० दशमलव ७५ प्रतिशतले वृद्धि हो । बैङ्कले अघिल्लो आवमा रू. ४० करोड २२ लाख नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी २० प्रतिशतले बढेर रू. २ अर्ब ७५ करोड पुगेको छ । बैङ्कले रिजर्भ कोषमा रू. १ अर्ब १ करोड ४६ लाख छुट्याएको छ । यो रकम अघिल्लो आवको तुलनामा १ सय ९० प्रतिशतले बढी हो । जसले गर्दा यस वर्ष बैङ्कले आकर्षक लाभांश दिने सम्भावना देखिएको छ । असार मसान्तसम्ममा बैङ्कले रू. २३ अर्ब ५२ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. २० अर्ब ६ करोड कर्जा प्रवाह भएको छ । सोही अवधिमा बैङ्कको लगानी रू. ६३ करोड ६६ लाख रहेको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ४१ प्रतिशत रहेको छ । बैङ्कको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १८ दशमलव २५, मूल्य आम्दानी अनुपात ११ दशमलव २३ गुणा, तरलता अनुपात ३० दशमलव ८९ प्रतिशत र प्रति शेयर नेटवर्थ रू. १ सय ३६ दशमलव ९० रहेको छ ।

गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २७.७८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा गरिमाले ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा ७२ करोड ७२ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २१ अर्ब २२ करोड १२ लाख रुपैयाँको निक्षेप संकलन गरेर १८ अर्ब ८५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संचालन मुनाफा ६८ करोड ८० लाख रुपैयाँ पुर्याएको बैंकले एक अर्ब खुद व्याज आम्दानी गरेको छ । बैंकले प्रोभिजनमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा शून्य दशमवल २७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १७.२७ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२८.६९ रुपैयाँ रहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडको १७ करोड ५० लाख रुपैयाँबाट नाफा बढाएर गत आवमा ४० करोड १७ लाख रुपैयाँ पुराएको छ । दुई अर्ब १७ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २२ अर्ब अर्ब १८ करोड २८ लाख निक्षेप संकलन गरेर १८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ कर्जा सापटी दिएको छ भने लगानी एक अर्ब ७६ करोड रुपैयाँ रहेको छ । यो बैंकले खराब कर्जा अनुपात २.७५ प्रतिशत छ । बैंकको खुद व्याज आम्दानी ७७ करोड ३२ लाख रुपैयाँ र संचालन मुनाफा ४० करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसको सीडी रेसियो ७२.६३ प्रतिशत छ भने आधार दर १२.९६ प्रतिशत रहेको उल्लेख छ । यसको प्रति शेयर आम्दानी १८.४८ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १५२.८४ रुपैयाँ रहेको छ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेड
ओम डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४० करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १.५० प्रतिशतले बढेको  हो । अघिल्लो आर्थिक वर्षमा  ओमले ३९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी ११ दशमलव १८ प्रतिशतले बढेर ८४ करोड ६० लाख रुपैयाँ पुगेको बैंकका सञ्चालन मुनाफा तीन दशमलव २७ प्रतिशतले बढेर ६१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । दुई अर्ब ५१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडा कोषमा ८१ करोड ३० लाख रुपैयाँ रहेको छ । यो अवधिमा २१ अर्ब ४५ करोड निक्षेप संकलन गरेको बैंकले १८ अर्ब ३६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ भने लगानी ८६ करोड छ । बैंकले खराब कर्जा अनुपात ०.५७ प्रतिशत र सीडी रेसियो ७४.१३ प्रतिशत छ भने आधार दर १२.६२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको पीई रेसियो ११ दशमलव ३१ प्रतिशत, प्रति शेयर नेटवर्थ रू. १ सय ३२ र तरलता अनुपात २९ दशमलव ३४ प्रतिशत रहेको छ ।

कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडले ३४ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४ दशमलव ४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कामना सेवाको नाफा १७ करोड ६५ लाख रुपैयाँ रहेको थियो । दुई अर्ब ५० करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ७२ करोड १५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १५ अर्ब ४४ करोड २१ लाख रुपैयाँ संकलन गरी कर्जामा १३ अर्ब ४४ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८३ दशमलव ८८ प्रतिशतले बढेर ७१ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६१ दशमलव ७१ प्रतिशतले बढेर ४३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशत, पूँजीकोष अनुपात २३ दशमलव ६५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १३ दशमलव ७२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ४९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव ८३ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ४५ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.७९ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्षमा सांग्रिलाले ३४ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्तापूँजी ७६ दशमलव ५५ प्रतिशतले बढेर रू. २ अर्ब ५० करोड पुगेको छ भने जगेडा कोष २ गुणाले बढेर रू. ६३ करोड ५३ लाख पुगेको छ । बैंकको लगानी ५६ दशमलव ४८ प्रतिशत बढेर ७७ करोड आठ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सम्पत्ति ३४ दशमलव १९ प्रतिशतले बढेर रू. २१ अर्ब ७३ करोड पुगेको छ । सांग्रिलाको खुद ब्याज आम्दानी ११ प्रतिशत बढेर रू. ७८ करोड पुगेको छ भने सञ्चालन मुनाफा ४ दशमलव ४९ प्रतिशतले घटेर ५१ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।  बैंकले यो अवधिमा १४ अर्ब ६५ करोड बराबरको कर्जा प्रवाह गरेको छ भने १७ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संक लन गरेको छ । बैंकको निष्कृय कर्जा शून्य दशमलव ७८ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३० करोड ५१ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३३.५८ प्रतिशत अर्थात सात करोड ७६ लाख २२ हजार रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षमा ज्योतिले २२ करोड ८४ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५१ करोड ५३ रुपैयाँ रहेको छ । यसले गत आवसम्ममा १९ अर्ब ५४ करोड ८२ लाख निक्षेप संकलन गरेर १६ अर्ब १० करोड ४ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी ७७ करोड ६८ लाख रहेको छ । यो बैंकले खराब कर्जा अनुपात ०.३६ प्रतिशत छ । यसको सीडी रेसियो ७१.१२ प्रतिशत छ भने आधार दर १२.६८ प्रतिशत रहेको उल्लेख छ । यसको प्रतिशेयर आम्दानी ११.७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९.८७ रुपैयाँ रहेको छ ।

देवः विकास बैंक लिमिटेड
देवः विकास बैंक लिमिटेडको नाफा ४ दशमलव ८७ प्रतिशत अर्थात एक करोड ४१ लाख ०४ हजार रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड ९४ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा २७ करोड ५३ लाख ८० हजार रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको हो । चुक्ता पुँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४८ करोड १२ लाख रुपैयाँ रहेको छ । यसले गत आवसम्ममा १५ अर्ब ६९ करोड ८१ लाख रुपैयाँको निक्षेप संकलन गरेर १३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी ७४ करोड ४९ लाख रहेको पनि उल्लेख छ । यो बैंकले खराब कर्जा अनुपात १.९२ प्रतिशत रहेको छ । यस्तो कर्जा गत वर्ष ३.०१ प्रतिशत थियो । यसको सीडी रेसियो ७२.६८ प्रतिशत छ भने आधार दर १२.७७ र औषत व्याजदर ४.८१ प्रतिशत रहेको उल्लेख छ । यसको प्रतिशेयर आम्दानी १०.८७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११८.९९ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]