July 30th, 2018

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छिन् । शर्मा बैंकको स्थापनाकालदेखि नै कार्यरत छिन् ।

यस बीचमा उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैंकिङ यूनिट, संस्थागत कर्जा, एसएमई जस्ता क्षेत्रमा उलेख्य काम गर्नु भएको छ । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाटकरिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]