July 30th, 2018

गरिमा विकास बैंक र मुनाल बचत तथा ऋण सहकारीबीच रेमिट्यान्स सम्झौता 

गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथाऋण सहकारी संस्था लिमिटेड, पोखराबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार (साउन १४ गते) गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद हुमागाँईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]