July 25th, 2018

मुक्तिनाथ विकास बैंकमा आवश्यक जनशक्ति व्यवस्थापन पोखरा विश्वविद्यालयले गर्ने 

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय,  स्कूल अफ विजनेस बीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफविजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरे ।

मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयबाट विविए, विआई र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने, विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी  सम्झौता भएको हो । यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने बेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]