Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको संचालन मुनाफा ६८ करोड ८० लाख रुपैयाँ

२०७५ श्रावण ८ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा गरिमाको संचालन मुनाफा ५३ करोड ८४ लाख रुपैयाँ थियो । 

त्यस्तै, बैंकले ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७.७८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा गरिमाले ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा ७२ करोड ७२ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २१ अर्ब २२ करोड १२ लाख रुपैयाँको निक्षेप संकलन गरेर १८ अर्ब ८५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले एक अर्ब खुद व्याज आम्दानी गरेको छ । 

बैंकले प्रोभिजनमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा शून्य दशमवल २७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १७.२७ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२८.६९ रुपैयाँ रहेको छ ।

Ad