Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दार्चुलामा जनता बैँकको पीओएस सेवा सुचारु 

२०७५ श्रावण ७ गते

जनता बैंक शाखा दार्चुलाले जिल्ला सदरमुकाम खलंगाका २ ओटा होटेलमा पीओएस सेवा सुचारु गरेको छ । बैंकको शाखा दार्चुलाले पहिलो पटक दार्चुलामा पीओएस बैंकिङ सेवा सुरुवात गरेको हो । जिल्लामा पहिलोपटक एटिएम सेवा सुचारु गरेको जनता बैंक शाखा कार्यालय दार्चुलाले ग्राहकहरुको सहजताका लागि पीओएस बैंकिङ सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाका शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए । 

सेवा सुचारु भएसँगै होटेलमा भएको खर्च तिर्दा नगद तिर्नुपर्ने झन्झटबाट मुक्ती मिल्ने अपेक्षा लिइएको छ ।  जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शिखर होटेल र सूर्य प्रकाश डिलक्समा पीओएस बैंकिङ सेवा सुचारु गरिएको हो। उक्त होटेलमा भएको खर्चको बील तिर्दा नगद नभए पनि एटिएम कार्डबाटै तिर्न सकिने शाखा प्रबन्धक प्रकाश भट्टले बताए । त्यस्तै उक्त मेसिनको माध्यमबाट जुनसुक्कै बैंकको एटिएम कार्डबाट तथा अन्तर्रा्ष्ट्रिय भिजा कार्डबाट समेत बील तिर्न सकिने व्यवस्था रहेको छ ।

Ad