बैंकिङ खबर । चार वटा लघुवित्त वित्तीय संस्थाले आफ्नो गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको फर्स्ट माईक्रोफाईनान्स नाफामा पनि अगाडी छ । लक्ष्मी लघुवित्तबाहेकका तीन वटैको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २७.४३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा फर्स्टले आठ करोड एक लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडाकोषमा १८ करोड ४४ लाख रुपैयाँ रहेको छ । थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले गत आर्थिक बर्षमा तीन अर्ब ८६ करोड रुपैयाँ बैंकहरु मार्फत सापटी लिएर चार अर्ब १३ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
निष्कृय कर्जा अनुपात शून्य प्रतिशतमा राख्न सफल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसामा झरेको छ । माइक्रोफाइनान्सको प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा रहेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.४९ प्रतिशतले कम हो । अघिल्लो वर्ष लक्ष्मी लघुवित्तले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा २० करोड २३ लाख रुपैयाँ रहेको छ ।
असारसम्ममा एक अर्ब ५० करोड रुपैयाँ सापट लिएको संस्थाले सर्वसाधारणलाई दुई अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा, निष्कृय कर्जा ०.९८ प्रतिशत, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा, मुल्य आम्दानी अनुपात ३०.०७ गुणा तथा प्रति शेयर नेटवर्थ १८३ रुपैयाँ ६३ पैसा रहेको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा आठ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा १८.९३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा नेशनलले सात करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्तापुँजी १२ करोड तीन लाख रुपैयाँ भएको माइक्रोफाइनान्सको जगेडाकोषमा १७ करोड १० लाख रुपैयाँ रहेको छ । यो अवधिमभा ७४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन र एक अर्ब ६८ करोड कर्जा सापट लिएको माइक्रोफाइनान्सले दुई अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । कम्पनीको संचालन मुनाफा, खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी तथा नियमित कारोबारको कमाईमा पनि सुधार आएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । असार मसान्तसम्म नेशनल माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा, प्रति सेयर नेटवर्थ २४२.०८ रुपैयाँ र खराब कर्जा ०.९२ प्रतिशत रहेको छ । सम्भावित जोखिम व्यवस्थापनमा कम्पनीले एक करोड ५२ लाख रुपैयाँ राखेको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा एक करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षमा यो लघुवित्त ५९ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडाकोषमा ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा २५ करोड सात लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ८१ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी आठ रुपैयाँ १६ पैसा कायम भएको छ भने निष्कृय कर्जा ०.०९ प्रतिशत रहेको छ ।