July 8th, 2018

भारतको चालू मौद्रिक नीतिका छ विशेषताहरु

बैंकिङ खबर । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले हरेक वर्षको फेब्रुअरी महिनामा नयाँ मौद्रिक नीति ल्याउने गर्दछ । साथै हरेक दुई महिनामा उक्त मौद्रिक नीतिको समीक्षा गर्ने गर्दछ र आवश्यक परेमा त्यसको परिमार्जन पनि गर्ने गर्दछ । भारतको चालू आर्थिक वर्ष २०१८।१९को मौद्रिक नीतिका मूख्य छ विशेषताहरु यहाँ प्रस्तुत गरिन्छ : 

१. भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०१८।१९ का लागि रिपो रेट ६ प्रतिशत कायम गरेको छ । त्यस्तै, रिभर्स रिपो रेट ५.७५ प्रतिशत र बैंक रेट ६.२५ प्रतिशत रहेको छ । 
२. रिजर्भ बैंक अफ इण्डियाले अन्तर्राष्ट्रिय व्यापारिक द्धन्द्ध र सेयर बजारको अस्थिरतालाई ध्यानमा राखेर मौद्रिक नीति बनाएको छ ।
३. मौद्रिक नीतिमार्फत आरबीआईले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई भर्चुअल मुद्राको कारोबार रोक्न निर्देशन दिएको छ । भइरहेका कारोबारहरु तीन महिनाभित्र बन्द गराउन पनि निर्देशन दिएको छ ।
४. मौद्रिक नीतिको समीक्षामार्फत आरबीआईले मुद्रास्फीतिको लक्ष्य ४.७ बाट बढाएर ५.१ पुर्याएको छ । आरबीआईले कच्चा तेलको मूल्यमा भएको अस्थिरताले मुद्रास्फीतिमा प्रभाव पार्ने विश्लेषण गर्दै यस्तो अनुमान गरेको हो ।
५. आरबीआईले चालू आर्थिक वर्षमा जिडीपी ग्रोथ ७.४ प्रतिशत अनुमान गरेको छ । गत आर्थिक वर्षमा ६.६ प्रतिशतको वृद्धि अनुमान गरिएको थियो ।
६. आरबीआईले अन्तर्राष्ट्रिय माग बढाउनका लागि निर्याततर्फको लगानी बढाउनका लागि मार्ग प्रशस्त गरिदिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]